जनप्रतिनिधिको तर्फबाट मन्तव्य 

आदरणीय सम्पूर्ण प्रगतिनगर टोलवासी दाजूभाई दिदीबहिनीहरु,

प्रगतिनगर टोल सूधार समितिले आफ्नो टोलको वारेमा भैरहेको बिकास गतिबिधि र टोलका बिबिध कार्यक्रमहरुका वारेमा जानकारी दिने उद्धेश्यले आफ्नो वेबसाइट www.pragatinagar.org.np संचालन गर्न लागेको कुरा  थाहा पाउँँदा म अत्यन्तै खूशी भएकी छु ।

म आफुं पनि प्रगतिनगरको बासिन्दा हुँ । टोलबासीहरुको अपार मायांले गर्दा नै मैले स्थानीय निर्वाचनमा वडा नं. १० को महिला सदस्य पदमा निर्वाचित हुन सकेकी हुँ । टोखा नगर पालिकाबाट प्रगतिनगर टोललाई सधै सहयोग प्राप्त हुदै आएको छ र आफ्नो तर्फबाट टोललाई थप सहयोग जुटाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।

वेबसाइट मार्फत टोलबासीहरुलाई सुचना प्रदान गर्ने र समाजलाई सूचना प्रविधिसग जोड्ने जस्तो महत्वपूर्ण कार्यको थालनी गरेकोमा प्रगति नगर टोल सुधार समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु  र यो कार्य सम्पूर्ण नगरपालिका क्षेत्रकालागि अनुकरणीय हूनेछ भन्ने बिश्वाश लिएकी छु ।

धन्यवाद ।

लिलादेवी अधिकारी

(निर्वाचित महिला सदस्य)

टोखा नगरपालिका वार्ड नं. १०