अध्यक्षको तर्फबाट मन्तव्य
आदरणीय सम्पूर्ण प्रगतिनगर टोलवासी दाजूभाई दिदीबहिनीहरु,
प्रगति नगर टोल सूधार समितिले आफ्नो क्षेत्रको बिकासको लागि टोलबासीहरु बिचमा सुमधूर सम्बन्ध कायम गराउन, मूख्य चाडपर्वहरु सामूहिक रुपमा धूमधामले मनाउने ब्यबस्था मिलाउन र टोलवासीहरुको लागि विभिन्न कार्यक्रमहरु जनजागरण, बनभोज, धार्मिक तथा सांस्कृतिक यात्रा जस्ता कार्यहरु गर्दै आएको छ । त्यसै गरि टोलको शान्ति सूरक्षा कायम गराउनकालागि समिति आफै र स्थानीय प्रहरी प्रसाशनसंग समेत समन्वय गरेर कार्य गरिरहेको छ ।
प्रगतिनगर टोल सूधार समितिले समितिको जानकारी हाल सम्म गरेका बिकास निर्माण कार्यहरु र आगामी योजनाहरु, टोलबासीहरुको नामावली र संक्षिप्त जानकारी, समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिबेदन आदि बिषयलाई पारदर्शी तथा व्यवस्थित ढंगले राख्न सकियोस, हाम्रो टोलको बारेमा जानकारी लिन चाहने जो कोहीलाई पनि सहज होस र समाजलाई तथा समाजका हरेक गतिविधिलाई सूचना प्रविधिसग जोडेर लैजाने उद्धेश्यका साथ समितिले आफ्नो वेबसाइट www.pragatinagar.org.np संचालन गरेको कुरा सगौरब जानकारी गराउँदछु ।
समाजलाई सूचना प्रविधिसँग जोडनको लागि योजना तथा वेबसाइट निर्माणमा सम्पूर्ण रुपमा सहयोग पुर्याउनु हुने श्री खेमराज आचार्य ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
अन्त्यमा टोलको बिकास र प्रगतिकोलागि मैले निष्पक्ष र पारदर्शी ढंगले भूमिका निर्वाह गर्दै आएको छु र आगामी दिनमा पनि गर्नेछु भन्ने प्रतिबद्धता जाहेर गर्दछु । आगामी दिनमा पनि सम्पूर्ण प्रगतिनगर टोलवासी दाजूभाई दिदीबहिनीहरुको साथ र सहयोगको आशा आशा गर्दछु । धन्यवाद ।
अध्यक्ष
गायत्री श्रेष्ठ
प्रगति नगर टोल सूधार समिति