हाम्रो बारेमा

“प्रगति नगर टोल सूधार समिति”,  टोखा नगर पालिका वार्ड नं. १० प्रगतिनगर टोलमा बसोवास गर्ने सम्पूर्ण सम्पूर्ण टोलबासीहरुको प्रतिनिधित्व गर्ने आधिकारीक समिति हो । यहां बसोवासगर्ने सम्पूर्ण बासिन्दा (३८ घर धूरीहरु) ले सदस्यता लिएका छन् ।

प्रगतिनगरको बिकास, निर्माण कार्यमा अगूवाई गर्न स्थायी रुपमा बसोवास गर्ने टोलबासीहरु माझको सम्वन्धलाई सुमधुर तूल्याउने उद्धेश्यले मिति २०७४/०४/१६ मा जिल्ला प्रशासन कार्यालय काठमान्डौमा बिधिवत रुपमा दर्ता भई आफ्नो कार्य संचालन गर्दै आएको यस समितिले नेपाल सरकारका बिभिन्न निकायहरु तथा टोखा नगरपालिकासंगको साझेदारीमा टोलको आवश्यकता अनूसार बाटो पिच गर्ने, खानेपानीको लाईन बिस्तार, ढल तथा बिजूलीको लाईन बिस्तारलाई ब्यबस्थीत गराउंदै आएको कुरा  सर्वविदितै छ ।

सम्पूर्ण प्रगतिनगर टोलबासीहरु माझको आपसी सहयोग, सद्भाव र शान्ति सूरक्षा समितिको अर्को महत्वपूर्ण सरोकार हो । समितिले आफ्नो स्थापनाकाल देखि नै यसलाई प्राथमिकतामा राखेर बिभिन्न चाडपर्व, राष्ट्रिय महत्वका दिवसहरु सामूहिक रुपमा मनाउने, टोल बासीहरुको सम्वन्धलाई निकट र सौहाद्रपूर्ण वनाउनका लागि पिकनिक तथा यात्रा कार्यक्रमहरु आयोजन गर्ने र स्थानीय प्रहरी निकायसंग समन्वय राख्दै टोलमा अवान्छित गतिबिधिहरु हुन नदिने प्रयास गर्दै आएको छ ।

अहिले श्रीमती गायत्री श्रेष्ठ ज्यूको अध्यक्षतामा प्रगतिनगर टोल सूधार समितिले कार्य गरिरहेको छ । टोलको हरेक बिकास र निर्माण कार्य, टोल भित्र आकस्मिक रुपमा देखिएका कूनै पनि समस्याहरुको निवारणको लागि समिति कार्यगर्न दृढ छ । टोलबासीहरुको चासो र सहयोगका लागि समिति आभारी रहने छ । अन्य जानकारीहरु यस वेबसाइट मार्फत  विषयगत रुपमा लिन सक्नुहुनेछ । आउनूहोस, हामी आफ्नो टोलको बिकास प्रगतिकोलागि मिलेर कार्य गरौं ।

धन्यबाद् ।